October 25, 2024, Friday
KN hd tv

सहकर्मीमाथि बलात्कारको आरोपमा तीन जना पक्राउ

काभ्रे – आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ का २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडाका २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल छन् ।

अभियुक्त युवाले रामेछापकी महिलालाई धम्की दिई पटकपटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपित तीनै जना युवा पोल्ट्री फर्ममा काम गर्ने मजदुर हुन्।

शीर्ष समाचार

धेरै पढिएको