October 17, 2026, Saturday
KN hd tv

मधेसवादी दलहरूबीच सहकार्यका लागि कार्यदल बैठक बस्दै

काठमाडौं । मधेस केन्द्रित आठ दलबीच सहकार्य र मोर्चाबन्दीबारे छलफल गर्न आज सिंहदरबारमा कार्यदल बैठक बस्दै छ। बैठक जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आह्वान गरेको हो।

जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ, जसले अन्य दलका वार्ता समितिसँग छलफलका लागि बैठक बोलाएको हो। बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, र जनता प्रगतिशील पार्टी सहभागी हुनेछन्। नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टाछुट्टै वार्ता समिति गठन गरेका छन्।

गत सोमबार पनि वार्ता समितिहरूको बैठक बसेको थियो, जसमा मोर्चाबन्दी वा सहकार्यका लागि साझा दस्तावेज तयार गर्ने सहमति भएको थियो। हरेक दलबाट एक–एक जना प्रतिनिधि रहने गरी दस्तावेज तयार गर्ने कार्यदल गठन गर्ने निर्णय गरिएको थियो। ती विषयमा आजको बैठकमा थप छलफल हुने बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको