March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

कञ्चनपुरमा एक करोड लागतमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण

कञ्चनपुर – भीमदत्तनगरस्थित कबर्ड हलमा एक करोड १२ लाख रुपैयाँ लागतमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार, जिल्ला खेलकुद विकास समिति र कबड्डी संघको संयुक्त लगानीमा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो। प्रशिक्षण केन्द्रमा आवास, बैठक हल र कार्यालयलगायतका संरचना निर्माण गरिएका छन्।

केन्द्रको हलभित्र प्याराफिट, अभ्यासका लागि म्याट र हलभित्र र कोठामा फल सिलिङ लगाउने लगायतका कार्य बाँकी रहेका छन्। गत वर्षदेखि सुरु गरिएको केन्द्र निर्माण कार्य यस वर्ष पूरा भएको छ। केन्द्रको सुदूरपश्चिम प्रदेश सरकारका पूर्वराज्यमन्त्री प्रकाश रावलले उदघाटन गरेका छन्। कञ्चनपर जिल्ला कबड्डी संघका अध्यक्ष महेश चन्दले प्रशिक्षण केन्द्र बनेपछि खुला चौरमा खाली खुट्टा अभ्यास गर्नुपर्ने बाध्यता हटेको बताए।

उदघाटन कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने विभिन्न खेलका प्रशिक्षकलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको