October 18, 2026, Sunday
KN hd tv

तीन दिनभित्र कोरोनाको खर्च सार्वजनिक गर्न विप्लव समूहको माग

भद्रपुर – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले झापाका स्थानीय तहलाई कोरोना भाइरस रोकथामका लागि भएको हिसाब सार्वजनिक गर्न माग गरेको छ।

झापाका १५ वटा स्थानीय तहलाई तीन दिनभित्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा खर्च गरिएको हिसाब सार्वजनिक गर्न माग गरेको छ। कोरोना नियन्त्रणका नाममा स्थानीय तहले चरम भ्रष्टाचार गरेको तथा करोडौँ रुपैयाँ बराबरको हिसाबकिताबमा अनियमितता गरेको विप्लप समूहको आरोप छ। 

आइतबार झापा जिल्ला सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्टाचार र बेतिथि बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तै, निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निजी शिक्षण संस्थालाई सरकारी लुटेरा जनप्रतिनिधिहरुले साथ दिएर जनताको ढाड सेक्ने काम गर्न खोजिएको छ यो तुरुन्त बन्द गरियोस्।’

शीर्ष समाचार

धेरै पढिएको