मंगलबार गोविन्द केसीको सत्याग्रहको समर्थनमा ‘सय गोविन्दको सय मिनेट अनशन’ कार्यक्रम
- Khabar Nirantar
- २०७७ आश्विन ५
काठमाडौं–चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा मंगलबार माइतीघर मण्डलामा ‘सय गोविन्दको सय मिनेट अनशन’ कार्यक्रम आयोजना गरिएको छ।
साँझ ५ बजे आयोजना गरिने अनशन कार्यक्रममा एक सय मानिस सहभागी हुने जनाइएको छ।
डा केसीले आफूसँग विगतमा भएका सम्झौता अक्षरशः कार्यान्वयनको माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रह थालेका थिए। उनको स्वास्थ्यस्थित बिग्रिएपछि शनिबार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्