पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- Khabar Nirantar
- २०८१ मंसिर ५
पर्वत – खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालय पर्वतले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष पर्वतका सात वटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले किसानलाई आलु खेतीतर्फ आकर्षित गर्दै आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गएको वर्षदेखि यो कार्यक्रम लागू गरेको जनाएको छ ।
अघिल्लो वर्ष एक सय ५२ हेक्टरमा आलु खेती गरिएको थियो । यस वर्ष ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफल पनि घटाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

प्रतिकृया दिनुहोस्