July 27, 2024, Saturday
KN hd tv

चुरोट छोड्न र परिवारसँग समय बिताउन चाहन्थे सुशान्त

मुम्बई – सुशान्तको केशमा एकपछि अर्को ट्वीस्ट आइरहेको छ । प्रहरीले सुशान्तको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

यतिबेला भने दिवंगत सुशान्तले लेखेको एक नोट शेयर भएको छ । जसका अनुसार सुशान्त परिवारका साथ समय बिताउन चाहने लेखिएको छ ।

अप्रिल २०१८ को उक्त नोट एक फार्म हाउसमा भेटिएको जनाइएको छ ।

सुशान्तले कृति सेननसँग समय बिताउन चाहेको र चुरोट छोड्न चाहेको उक्त नोटमा लेखेका छन् । भारतीय मिडियाहरुले उल्लेख गरेअनुसार उक्त नोटमा सुशान्तले आफ्नो दैनिकीका बारेमा पनि लेखेका छन् ।

नोटमा उनले केदारनाथ फिल्मको स्किृप्ट पढ्न चाहेको कुरा पनि लेखेका छन् । सुशान्तले उक्त नोटमा फिजिक्स, आफ्नो सपना र खुशीका बारेमा लेखेका छन् ।

सुशान्त र कृति राम्रा साथी थिए । एक समय यस्तो पनि थियो, यी दुईले डेटिङ गरेको पनि सुन्ने गरिन्थ्यो ।

शीर्ष समाचार

धेरै पढिएको