October 16, 2026, Friday
KN hd tv

काठमाडौंका सडकमा ह्वातै घट्यो सवारीसाधनको चाप

काठमाडौं ।  नेपालीहरुको महान पर्व दशैं मनाउन आम सर्वसाधरण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यकामा सवारीसाधनको चाप ह्वातै घटेको छ । बडादशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयहरू घर बाहिर ननिस्किँदा काठमाडौंमा सवारीसाधन कम चलेका हुन् ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सडकमा पनि सवारी कम देखिएको छ । सडकमा हिंडडुल गर्ने मानिस र सवारीसाधन कम देखिँदा बजार पसलहरुमा पनि चहलपहल कम  छ । काठमाडौंका मुख्य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।

शुक्रबार काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् । काठमाडौंको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निःशुल्क सवारी चलाएको छ भने नेपाल प्रहरीले नक्सालबाट दुई रूटमा निशुल्क सवारी सञ्चालन गरेको छ । दशैंका लागि मात्रै एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । अघिल्लो वर्षको दसैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको