October 20, 2026, Tuesday
KN hd tv

अन्तरिक्षमा रोकिएका दुई जना यात्रीलाई लिन स्पेस एक्सको रकेट प्रक्षेपण

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन स्पेसएक्सको रकेट प्रक्षेपण भएको छ । फ्लोरिडाको केप क्यानाभेरलबाट फाल्कन नौ रकेटको प्रक्षेपण गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

यानमा नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ रहेका छन् । आउँदो फेब्रुअरीमा अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किँदा उनीहरूले दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनी विलियम्सलाई फिर्ता ल्याउनेछन् । उनीहरु यसअघि बोइङको यानमा समस्या आएपछि अन्तरिक्षमै रोकिएका थिए ।

विल्मोर र विलियम्स गएको जुनमा अन्तरिक्ष केन्द्रमा पुगेका हुन् । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले आईएसएस चालक दलका सदस्यलाई घुमाउन अनुमति दिन प्रत्येक छ महिनामा नियमित मिसन उडान गर्दै आएको छ । 

शीर्ष समाचार

धेरै पढिएको