October 20, 2026, Tuesday
KN hd tv

श्रीलंकामा संसद् विघटन, नोभेम्बरमा निर्वाचन

काठमाडौं- श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन्।साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् ।

शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए।तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए।

राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा. हरिनी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथ मन्त्री बनाएका छन्। लगत्तै मंगलबार मध्यरातबाट लागू हुने गरी उनले संसद भंग गरेका हुन्। श्रीलंकाको संविधानले राष्ट्रपतिलाई त्यो अधिकार दिएको छ।

साथै १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ।४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ।

शीर्ष समाचार

धेरै पढिएको