October 18, 2026, Sunday
KN hd tv

प्रधानमन्त्रीकै कारण संवैधानिक आयोग पदाधिकारीविहीनः नेपाली कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्ति नहुनुमा प्रधानमन्त्री नै दोषी रहेको बताएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरूलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशीलता बढाएको आरोप कांग्रेसको छ।

लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पद पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ठहर छ।

राम्रा कामहरूको जस सरकारले लिन खोज्नु स्वाभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका/नगरेका कामहरूमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको शर्माको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको