नेपालमा आज थप १४५९ जनामा कोरोना पुष्टि, १ हजार ६२ जना संक्रमणमुक्त
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४० हजार ६ सय ३८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ६ सय ४० रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ७१ पुगेको छ ।
प्रतिकृया दिनुहोस्