October 25, 2024, Friday
KN hd tv

नागरिकको सामूहिक बीमा कर्णाली प्रदेशमा कालीकोटबाट सुरु

कालीकोट- कर्णाली प्रदेशका नागरिक र राष्ट्रसेवक कर्मचारीको सामूहिक बीमा कार्यक्रम कालीकोटबाट सुरु गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही,आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल लगायतको उपस्थितिमा कार्यक्रमको सुरु गरिएको हो । 

कार्यक्रम जिल्ला प्रशासन कार्यालय कालीकोटमा गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार कर्णाली प्रदेशमा विपद् बीमा सुरु गर्नु भएकाे हाे । मुख्यमन्त्री शाहीले साउन ११ को पहिरोमा ७ आफन्त गुमाएका नरहरिनाथ-७ माल्कोट, बागाका पदमबहादुर बुढालाई दुई लाख रुपैयाँको साङ्केतिक चेक हस्तान्तरण गर्नु भएको थियो । 

कर्णाली प्रदेश सरकारले विपद्मा परेका सबै नागरिकको घाउमा मलम लगाउन सामूहिक बीमा कार्यक्रम सुरु गरेको मन्त्री शाहीले बताउनु भयो । कालीकोटका पहिरो पीडितको खातामा रकम पठाएर विपद् बीमाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनु भयो । 

गैरेकाअनुसार पालिकाबाट नजिकको हकवाला पहिचान गरेर आएका सबै पीडितको खातामा गृह मन्त्रालयमार्फत जाने दुई लाख र कर्णाली प्रदेश सरकारको विपद् बीमा बापतको दुई लाख रुपैयाँ जम्मा गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको