कोरोना महामारीले साउदीमा लगाइएका प्रतिबन्ध हटाइदै
दोहा- कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई साउदी अरेबियाले क्रमिकरूपमा खुकुलो बनाउदै लगेको छ ।
आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेको साउदी सरकारले सेप्टेम्बर १५ (भोलि)बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको छ ।
साउदी सरकारको उक्त निर्णयसँगै जीसीसीमा आवद्ध मुलुकहरू बहराइन, कुवेत, ओमान, कतार र यूएईका नागरिकले अब साउदी प्रवेश पाउने भएका छन् ।
यसअतिरिक्त भिसा अबधी भएका अरू प्रवासीहरूलाई पनि साउदी प्रवेशमा अनुमति दिइएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।
त्यसरी साउदी प्रवेश गर्ने वा छाड्नेहरू जो कोहीले ४८ घण्टाअघि पीसीआर परीक्षण गरिएको कोरोना नेगेटिभ भएको प्रमाणपत्र देखाउनु पर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्