अफगान सरकार र तालिवान वार्ता टोलीसँग अमेरिकी विदेशमन्त्रीले छुट्टाछुट्टै वार्ता गर्ने
एजेन्सी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। कतारको दोहामा शनिबारदेखि अफगान सरकार र तालिबानबीच शान्ति वार्ता शुरु हुन लागेको छ। सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेको बताइएको छ।
उनी शुक्रबार नै कतार पुगेका हुन्। उनले अफगानिस्तान सरकार र तालिवानबीचको वार्तामा सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताएका छन्। हाल दोहामा रहेका अफगानिस्तान सरकारको शान्ति वार्ता टोली र तालिवानहरुको शान्ति वार्ता टोलीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्न लागेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिवानसँग हुन गइरहेको शान्ति वार्ताको मध्यस्थता गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ कतारको दोहा जाने जानकारी हिजो नै दिएका थिए।
प्रतिकृया दिनुहोस्