October 25, 2024, Friday
KN hd tv

अनुष्का–विराटसहित यी भारतीय चर्चित व्यक्ति आमाबुबा बन्दै

एजेन्सी – भारतीय चर्चित ब्यक्तिका बारेमा चर्चा गर्नेछौ, जसले अभिभावक बन्ने खबर सार्वजनिक गरेका छन् ।

Anushka Sharma Virat Kohli

१. अनुष्का शर्मा – विराट कोहली
बलिउड स्टारन अनुष्का शर्मा र भारतीय क्रिकेटका कप्तान विराट कोहली चाडैं अभिभावक बन्न लागेको कुरा सार्वजनिक भएको छ । अनुष्का शर्मा आमा बन्न लागेको विराटले सार्वजनिक सञ्जालमार्फत जानकारी दिएका छन् । आउँदो जनवरी अनुष्का–विराटको सन्तानको जन्म हुनेछ ।

 Shahid Kapoor Mira Rajput

२. शाहिद कपूर – मीरा राजपूत
बलिउड अभिनेता शाहिद कपूरले आफ्नो दोस्रो सन्तानको आगमनको खबर पनि सामाजिक सञ्जाल मार्फत दिएका थिए । उनले पत्नी मीरा राजपूत गर्भवती भएको र आफुहरुकोमा दोस्रो सन्तानको आगमनका हुन लागेको जानकारी दिदै पहिलो सन्तान छोरी मिशाको तस्बिरमा लेखेका थिए, मिशा चाडैँ बिग सिस्टर बन्दैछिन् ।

Sania Mirza Shoaib Malik

३. सानिया मिर्जा – शोएब मलिक
टेनिस स्टार सानिया मिर्जा और पाकिस्तानी क्रिकेटर शोएब मलिकले आफुहरु अभिभावक बन्न लागेको खबर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । उनिहरुले एउटा दराजको तस्बिरमा बेबी मिर्जा मलिक लेखेका थिए ।

Neil Nitin Mukesh Rukmini Sahay

४. नील नितिन मुकेश – रुक्मिणी सहाय
नील नितिन मुकेश र पत्नी रुक्मिणी सहायले आफुहरु अभिभावक बन्न लागेको खबर सार्वजनिक गर्दै लेखेका थिए, चाँडै हामी तीन हुदैछौ ।

Pearle Maane Srinish Aravind

५. पियरले माणे – श्रीनिश अरविंद
यस जोडीले समेत सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै फ्यानहरु माझ आफुहरु अभिभावक बन्न लागेको खबर दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको