July 27, 2024, Saturday
KN hd tv

नेपाल नगरपालिका संघका अध्यक्ष ढुंगाना र अमेरिकाको टाउन अफ हरन्डन नगरका नगर परिषद् सदस्य प्रदिप ढकालबीच भेटवार्ता

काठमाडौँ – अमेरिकाको टाउन अफ हरन्डन नगरका नगर परिषद् सदस्य प्रदिप ढकालले धादिङ निलकण्ठ नगरपालिका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानासँग भेटवार्ता गरेका छन् ।

नेपालका राजनितीकर्मी, पत्रकार एवम विभिन्न व्यक्तित्वसँगको भेटवार्ता क्रममा ढकालले सरोज अधिकारी, भिमप्रसाद ढुंगाना लगाएतको टोलीसँग नगर परिषद् सदस्य एवं आगामी नोभेम्वरमा हुने निर्वाचनको एजेण्डाका विषयमा छलफल गरेका थिए । ढकाल सोहि नगरबाट नगर प्रमुख पदका उम्मेदवार समेत रहेका छन् ।

नेपालको संघीयताको अभ्यास, तीन तहका सरकारले शुरु गरेका विभिन्न कार्यहरु, कानून निर्माण र सरकार संचालनका अभ्यासहरु गर्ने ढकालका प्रमुख एजेण्डा हुन् ।

२०१० मा मास्र्टस अध्ययनका लागि अमेरिका पुगेका ढकालको घर झापा बुधबारे हो । ढकालले ६ वर्ष देखि उक्त नगरको परिषद् सदस्य छन् । अमेरिकामा हरेक दुई वर्षमा नगर निर्वाचन हुने गरेको छ । ढकाल नगर परिषद् सदस्यको अलावा समता, विविधता, समावेशी सरकार बनाउन आवश्यक कमिटी गठनका अध्यक्ष, अर्थ सम्वन्धी समितिका सल्लाहकार लगायत थुप्रै संघ संस्था तथा क्षेत्रमा आवद्ध छन् ।

शीर्ष समाचार

धेरै पढिएको