October 23, 2024, Wednesday
KN hd tv

काँग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक काेइरालालाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थमा सामान्य समस्या भएपछि साेमबार राति नै उनको स्वाव संकलन गरिएको थियोे ।उनलाई काेराेना भाइरस संक्रमण पुष्टि भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले पुष्टि गरे । केन्द्रीय सदस्य गिरीका अनुसार सुरुमा लिएको स्वाव पाेजेटिभ आएपछि फेरि स्टार अस्पतालकाे टाेलिले मंगलबार बिहान उनको स्वाव लिएको थियोे ।

उनलाई कहाँ बाट संक्रमण भएको हाे केही खुलेको छैन ।डाक्टर काेइरालालाई काेराेना संक्रमण भएको हल्ला सामाजिक सञ्जाल भरि फैलिएको छ ।केन्द्रीय सदस्य एनपि साउद लगाएत नेता तथा कार्यकर्ताले स्वास्थ लाभको कामना गरेका छन ।



शीर्ष समाचार

धेरै पढिएको