June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

योपटक भेटिएनन् सर्वोत्कृष्ट निजामति कर्मचारी

काठमाडाैं-निजामति कर्मचारी दिवसका अवसरमा यसपालि पनि सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार कसैले पनि नपाउने भएका छन्। 

अघिल्ला वर्षहरूमा झैँ निजामति कर्मचारी दिवसका अवसरमा सोमबार १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार दिइँदैछ।

सरकारले हरेक वर्ष भदौ २२ गते निजामति कर्मचारी दिवस बनाउँदै आएको छ।  निजामति सेवा नियमावली २०५० अनुसार निजामति सेवा पुरस्कारको व्यवस्था गरिएको छ। जसमा दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामति  सेवा पुरस्कार दिइन्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३१ गते एक सूचना जारी गर्दै निजामति कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूलाई मातहतका कार्यालयका कर्मचारीहरूसमेत समेटिने गरी साउन १५ गतेभित्र आइपुग्ने गरी पठाउन भनेको थियो।

नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नामहरूमध्ये पुरस्कृत हुने निजामति कर्मचारीको नाम सिफारिस गर्ने गर्छ । जुन समितिमा कानुन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारले तोकेको नेपाल सरकारका कुनै सचिव (गृह मन्त्रालय) र अवकाशप्राप्त पूर्व मुख्यसचिव हुन्छन्।

सर्वोत्कृष्ट हुनका लागि करिब एक दर्जन जति आधारहरू मानिँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको