कतारबाट ३०१ नेपाली स्वदेश फर्किए
- Khabar Nirantar
- २०७७ भाद्र २२
दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारो परेका नेपालीहरू धमाधम स्वदेश फर्कने क्रम जारी छ ।
कतारस्थित नेपाली दूतावासको आइतबार र सोमबारको विवरण अनुसार ३०१ जना नेपाली स्वदेश फर्किएका छन् ।
आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।
दुइ वटा उडानमा समावेश भएका सबै नेपालीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्