धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत
काठमाडौं – कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् ।
यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
यसअघि आइतबार ९० हजार ६०० जनामा संक्रमण पुष्टि भएकोमा सोमबार यो समाचार तयार पार्दासम्म ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
सोमबार ९१ हजार ७२३ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्