October 19, 2026, Monday
KN hd tv

लिदि पहिरो विस्थापितलाई विकासमन्त्री दुलालद्धारा राहत हस्तान्तरण

सिन्धुपाल्चोक- लिदि पहिरो विस्थापितलाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले  राहत हस्तान्तरण गरेका छन्। होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गरेका हुन्। 
 
एक सय ७२ घरधुरीलाई प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ती एक प्याकेट वितरण गरिएको हो। जिल्लाको जुगल–३ लिदिमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने ३ जना अझै बेपत्ता छन्।

पहिरोपीडितका लागि पर्साको ठोरी–४ मा गठन भएको राहत संकलन समितिले छ लाखभन्दा बढी संकलन गरी सहयोग गरेको छ।  शनिबार बिहान पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल –१ स्थित बाँसखर्क पुगेर रु छ लाख ४३ हजार नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको