जसपाको केन्द्रीय समिति बैठक बस्दै
- Khabar Nirantar
- २०८० पुष २३
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।
यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।
साथै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताउनुभयो । उहाँका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

प्रतिकृया दिनुहोस्