October 16, 2026, Friday
KN hd tv

कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।  पुस २० देखि २६ गतेसम्म राष्ट्रिय भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा हुने नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले जनाएको छ ।

३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ। प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ । खेलको व्यवस्थापकको जिम्मा कर्णाली प्रदेश भलिबल संघले लिएको संघका कर्णाली अध्यक्ष कृष्ण श्रेष्ठले बताए।

कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ। खेलाडीहरुको आउने जाने, खाने बस्ने व्यवस्थापन संघले गर्नेछ । एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा १ सय ५० जना खेलाडीहरु आउनेछन्। प्रतियोगिता समापन गर्न ५६ लाख बढी रकम लाग्ने जनाइएको छ।

यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो। कर्णाली भलिबल खेलको उर्वरभूमि भए पनि प्रतियोगिता र प्रशिक्षक नहुँदा पछाडि परेको नेपालका लागि पहिलो भलिबल क्याप्टेन रेशम गुरुङले बताए।

शीर्ष समाचार

धेरै पढिएको