बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता
- Khabar Nirantar
- २०७७ भाद्र १८
काठमाडौं-बाढी-पहिरो पीडितको उद्दार र राहतका लागि भनेर नेपाली सेनाको हेलिकप्टरमार्फत् बागलुङ हिँडेको गृहमन्त्री रामबहादुर थापासहितको टोली पोखराबाटै काठमाडौं फिर्ता भएको छ ।
मौसम खराबका कारण बागलुङ जान नसकेपछि पोखरामा हेलिकप्टर अवतरण गरिएको थियो। र निकै समयसम्म पनि मौसममा सुधार नभएपछि मन्त्रीसहितको टोली अहिले काठमाडौं फर्किएको गृहमन्त्रीको प्रेस संयोजक किरण भट्टराईले बताए ।
टोलीमा गृहमन्त्रीसहित राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख अनिल पोखरेल, बागलुङका सांसद देवेन्द्र पौडेललगायत थिए ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्