May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि भएको छ।

मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए ।

मोदीको ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको ट्वीटरले आइतबार नै पुष्टि गरेको रोयटर्सले जनाएको छ ।

मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ ।

यसअघि जुलाईमा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूको ट्वीटर एकाउन्ट ह्याक भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको