July 20, 2024, Saturday
KN hd tv

अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं । दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का अमेरिकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर काठमाडौं आइपुगेकी छन् । दुई दिने भ्रमणका लागि उनी आज (बुधबार) बिहान भारत हुँदै काठमाडौं आइपुगेको परराष्ट्र मन्त्राललये जनाएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च अधिकारीलाई भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

लाउबाचर दक्षिण एसिया क्षेत्रलाई हेर्ने अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथी सरहको हो । उक्त शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका साझा चासोका विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको थियो ।

लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा काम गरेकी छन् । साथै, उनले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन् । नेपालका परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि अमेरिकाको भ्रमण गरेपछि अमेरिकाबाट नेपालमा हुन लागेको यो नै उच्च तहको भ्रमण हो ।

शीर्ष समाचार

धेरै पढिएको