October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

काठमाडौं – तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेको छ। बुधबारबाट ७ दिनभित्र हाजिर हुनका लागि अख्तियारले सूचना जारी गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग तत्कालिनमन्त्री बाँस्कोटाले ७० करोड कमिसनको लागि मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि ७ दिनभित्र मिश्रलाई अख्तियारले हाजिर गर्न आग्रह गरेको हो। तत्कालीन मन्त्री बाँस्कोटाले प्रेस खरिदको क्रममा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा गरेका थिए।

तर, उनले आफ्नै अडियो सार्वजनिक हुँदासमेत सत्य नभएको जिकिर गरिरहेका छन्। ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फकिन्छु’ अख्तियारले ७ दिनभित्र उपस्थित हुन आग्रह गरेपछि मिश्रले आफू नभागेका बताएका छन्। बुधबार विज्ञप्ति जारी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन जापान गएको बताएका छन्। ‘उक्त प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन जापान आएको हुँ। मेरो फर्कने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भन्ने केही पत्रकार साथीहरूले अतिरञ्‍जित गरी समाचार सम्प्रेषण गर्नु भएकोल आफूले गरेको पत्रकारितामाथि विश्‍वास नगर्नु हो’ विज्ञप्तिमा भनेका छन्, ‘अझ यसलाई भन्नुपर्दा जुन थालमा खायो त्यही थालमा छेदन गर्नु हो।’ अख्तियारीप्राप्त अनुसन्धान अधिकृत र उनको बेला बेलामा कुराकानीसमेत भइरहेको समते बताएका छन्। ‘कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट उम्कन सक्दैन। र, प्रतिपक्षबाट जति पनि सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रि चरित्र नै हो’ उनले भनेका छन्।

‘आफूले गरेको सबै ठीक, अर्काले गरेको सबै बेठीक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृत्तिबाट चोखो रहन नसकेको आरोपसमेत लगाएका छन्। शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्त्यमा सत्यको जित हुने कुरामा विश्वस्त छु’ उनले भनेका छन्, ‘यो त केबल न्यायलाई विचलित पार्न र अनुसन्धानलाई फितलो पार्न तथा न्यायप्रेमी, राष्ट्रप्रेमी जनताको ध्यान अर्कैतिर मोड्न गरिएको प्रोप्रोगण्डा हो।’ ‘गुनगानकै आधारमा राज्यले नियुक्ति दिएको कुरा तपाई हामीमा छल्‍लंग छ।

यो राजनीतिक भ्रष्टाचार हो। चाहे राजनीतिक होस् वा आर्थिक कुनै पनि भ्रष्टाचारीले उन्मुक्ति पाउनुहुन्न भन्ने कुरामा म विश्वास राख्दछु’ उनले भनेका छन्, ‘राजनीतिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार उन्मूलन गर्न सबै आ-आफ्नो ठाउँबाट निरन्तर रुपमा विचलिनत नभई सहयोग गरिरहुनेछ भन्ने विश्वास गरेको छु।’ उनले कसैको दबाब र कुरा सुनेर नबहकिने समेत बताएका छन्। जस्तोसुकै अवस्था आए पनि आफ्नो कर्तव्यपालना गर्ने उनले प्रष्टाएका छन्।

शीर्ष समाचार

धेरै पढिएको