कोरोना प्रभावित नागरिकलाई पैसा बाड्दै दक्षिण कोरिया
- Khabar Nirantar
- २०७७ भाद्र १७
काठमाडौं – दक्षिण कोरियाले कोरोना महामारीमा प्रभावित आफ्ना नागरिकलाई पैसा बाँड्ने भएको छ। कोरोना महामारी सुरु भएयता दक्षिण कोरियाको सरकारले दोस्रो पटक पैसा बाँड्न लागेको हो।
एक टेलिभिजन अन्तरवार्तामा बोल्दै अर्थ मन्त्री हङ्ग नेम कीले आवश्यक परेका नागरिकलाई पैसा वितरण गरिने जानकारी दिएका बीबीसीले जनाएको छ। कोरोनाका कारण लागू गरिएको नियमले अर्थव्यवस्थामा क्षति पुगिरहेको भन्दै पैसा बाँड्न आवश्यक भएको उनको भनाइ छ। सरकारले यसअघि गत मे महिनामा सबै परिवारलाई नगद रकम बाँडेको थियो।
कोरोना महामारीबाट निम्तिएको आर्थिक संकटबाट आफ्ना नागरिकलाई बाहिर निकाल्न दक्षिण कोरियाले पैसा बाँड्ने रणनीति लिएको हो।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्