December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

तीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

काठमाडौं– सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘नेपाली क्रिकेट राष्ट्रिय टिमले निकै ठूलो सफलता हासिल गरेको छ । बैठकमा त्यसबारे पनि छलफल भयो, सरकारले अब विराटनगर, मूलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।’

शीर्ष समाचार

धेरै पढिएको