July 27, 2024, Saturday
KN hd tv

रुपन्देहीमा कोरोनाबाट थप एकको मृत्यु

अर्घाखाँची – रुपन्देहीको भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी (सुस्ता पश्चिम) की ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिएका छन्‌। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भै उपचारका लागि भैरहवा भीम अस्पताल भर्ना भएकी ती संक्रमितमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ।

बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्। उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या भएकोले उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो।  खोकी र ज्वरो सहित गम्भीर अवस्थामा अस्पतालमा आइपुगेकी ती महिलाको शरीरमा अक्सिजनको मात्रा निकै कम भएको अस्पतालले जनाएको छ।

भर्ना भएकै दिनदेखि आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। 

शीर्ष समाचार

धेरै पढिएको