भारतीले भनिन्, ‘न्याय माग्दा डर, त्रास र धम्की आए’
काठमाडौं । योगराज भनिने ‘रिगल’ ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आफूमा थप साहस थपिएको भारती मानन्धरले बताएकी छन् ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए । रिगलको आममाफी सर्वोच्च अदालतले बिहीबार बदर गरिदिएको थियो ।
आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी चेतनका श्रीमती भारतीले आफूलाई डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आए पनि अन्ततः न्याय पाएको बताइन् । उनले आफ्नो टिमले कुनै पनि लोभ लालचमा नरहेर सहयोग गरेकाले न्याय मिलेको बताइन् । अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।
उनले भनिन्, ‘बीचमा धेरै बाधाहरू आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढें ।

प्रतिकृया दिनुहोस्