इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय बिदा
काठमाडौँ । सरकारले इजरालमा हमासको आक्रमणमा परी ज्यान गुुमाएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ । आज (सोमबार) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै, इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने निर्णय पनि भएको ती मन्त्रीले बताएका छन् । यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेर सरकारले चाँडै उद्धार गर्न भन्दै धैर्य गर्दै सरक्षित रहन भएको थिए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन् । राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एक जना सम्पर्कविहीन छन् ।

प्रतिकृया दिनुहोस्