October 18, 2026, Sunday
KN hd tv

चितवनकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गयाे

काठमाडौँ – चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेकाे नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहनुभएकाे छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिवार हिजाे दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुब्नुभएकाे थियाे । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उहाँको शव हिजाे बेलुका भेटिएको पण्डितले जानकारी दिनुभयाे । 

शीर्ष समाचार

धेरै पढिएको