पोखरामा थप एक संक्रमितको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र १३
पर्वत – पोखरामा थप कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
कास्कीको पोखरा महानगरपालिका १४ काजीपोखरीका ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान करिब ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
कोरोना संक्रमणको आशंकामा भदौ ८ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा भदौ १० गते उनमा संक्रमण रहेको पुष्टि भएको थियो। उनको उपचार प्रतिष्ठान अन्तर्गतको कोभिड १९ उपचार केन्द्रको आइसियुमा राखेर उपचार गरिरहँदा मृत्यु भएको हो।
योसँगै प्रतिष्ठानमा कोरोना संक्रमित ७ औँ व्यक्तिको मृत्यु भएको हो भने गण्डकी प्रदेशमा १२ औँ मृत्यु भएको हो।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्