पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध, सवारी साधन बाटोमै थन्किए
- Khabar Nirantar
- २०८० भाद्र १५
गोरखा । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।
पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उनले बताए । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।
गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।
शीर्ष समाचार
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण

प्रतिकृया दिनुहोस्