स्वरा भास्कर आमा बन्दै
- Khabar Nirantar
- २०८० जेष्ठ २४
बलिउड अभिनेत्री स्वरा भास्करले तीन महिना अघि एक निजी कार्यक्रममा समाजवादी पार्टीका नेता फहद अहमदसँग विवाह गरेकी थिइन् । अब स्वराले आफू आमा बन्न लागेको घोषणा सोसल मिडियामार्फत घोषणा गरेकी छिन् ।
स्वराले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक तस्बिर साझा गर्दै यसबारे जानकारी दिएकी हुन् । तस्बिरमा उनी श्रीमान् फहदसँग देखिएकी छिन् । तस्बिर सेयर गर्दै नायिकाले क्याप्सनमा लेखेकी छिन्, ‘कहिलेकाहीँ तपाईंको सबै प्रार्थना एकै पटक सुनिन्छ । हामी नयाँ संसारमा पाइला टेक्दै छौँ । यसका लागि भाग्यमानी, आभारी र उत्साहित छौँ ।’
उनले आफ्नो सन्तान अक्टोबरमा जन्मिने पनि जानकारी दिएकी छिन् । उनी हाल पाँच महिनाकी गर्भवती छिन् ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

प्रतिकृया दिनुहोस्