निर्माता सन्तोष सेनको प्रश्न : सामान्य प्राविधिक ज्ञान नभएका के जुरी बन्छौँ ?
काठमाडौं – राम्रा फिल्म बनाउने निर्माता निर्देशक हुन् सन्तोष सेन । करिब आधा दर्जन फिल्म निर्माण पछि निर्देशनमा होमिएका सेन निर्देशित फिल्म ‘प्रेम गीत ४’ गत वर्ष रिलिज भएको थियो ।
नेपाल र भारतमा एकसाथ रिलिज भएको फिल्म व्यवसायिक सफल मानिन्छ । नेपाल र भारतमा एकसाथ रिलिज हुन सफल पहिलो फिल्म दिएका सेनले नेपालमा आयोजना हुने अवार्डका जुरीमाथि प्रश्न उठाएका छन् ।
सेनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै अवार्डको जुरी सामान्य प्राविधिक ज्ञान नभएको भन्दै आलोचना गरेका छन् ।
उनले आफ्नो फिल्मको एक भिएफएक्स भिडियो शेयर गर्दै लेखेका छन्,‘चल्ने चित्रभित्र के के र कस्ता कस्ता प्राविधिक क्षमताको अहम् भूमिका हुन्छ । त्यो केलाउन जरुरी देखिन्छ । फोहोरी, गोबर, गरिबी, दुःखै दुःखको भण्डारलाई मात्र कला ठान्ने प्रशस्त दिग्गज भनाउँदा छन् यहाँ .. जसले गर्दा केही गर्छु । केही देखाउँछु भन्ने प्रतिभाहरु यहाँ निरोत्साहित हुँदै गएका छन् । उदाहरण : सामान्य तार मेटाउनेलाई यहाँ भिएफएक्सको संघीया दिएर पुरस्कार दिइन्छ । कुवामा भुत् भुत् नगरौ..। सामान्य प्राविधिक ज्ञानसम्म नभएकाहरु के जुरी बन्छाँै हौ ?’
प्रतिकृया दिनुहोस्