October 17, 2026, Saturday
KN hd tv

चलचित्र हल्काराको प्रदर्शन आजदेखि सुरु

काठमाडौं – चलचित्र हल्काराको प्रदर्शन आजदेखि सुरु हुँदै छ। 

चलचित्रको विशेष प्रदर्शनी बुधबार नै भइसकेको छ। बानेश्वरस्थित वान सिनेमाजमा प्रिमियर गरिएको ‘सो’ मा प्रतिनिधि सभा सदस्यहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवालीलगायत चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति थियो।

 चलचित्र कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो।  हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा चलचित्रमा उतारिएको छ।

महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख अभिनय रहेको चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्। 

चलचित्रमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गरेका हुन्।  चलचित्रमा महेश र विनीताका साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, प्रकाश दाहाललगायतको अभिनय छ।

शीर्ष समाचार

धेरै पढिएको