June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

तस्बिरमा टुँडिखेलको घोडेजात्रा (फोटोफिचर)

काठमाडौं : चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइएको छ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे।

राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको किम्बदन्ती छ । 

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ। सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरेको हो ।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीशलगायत मन्त्री तथा विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो। 

(हेर्नुहोस् टुँडिखेलमा मनाइएको घोडेजात्राका तस्बिर)

शीर्ष समाचार

धेरै पढिएको