October 21, 2026, Wednesday
KN hd tv

टि–ट्वान्टी विश्वकपमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हरायो

काठमाडौं – टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १३ रनले हराएको छ । आइतवार बिहान भएको खेलमा नेदरल्याण्डले दिएको १ सय ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले भेट्टाउन सकेन ।

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले ४ विकेटको क्षतिमा १५८ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो ।

यो खेलमा विजयी भएको भए दक्षिण अफ्रिकाले सेमिफाइनल यात्रा तय गर्ने थियो । दक्षिण अफ्रिका पराजित भएसँगै अब भने बंगलादेशलाई हराए पाकिस्तानले आफ्नो भाग्य खोल्न सक्नेछ ।

अर्को खेल बङ्गलादेश र पाकिस्तानबीच आजै बिहान पौने १० बजे हुँदैछ । भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

समूह बी मा समान चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेर ४–४ अङ्क जोडे पनि रनरेटका आधारमा पाकिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्।

चारमा ३ खेलमा जित र एकमा हार व्यहोरेको भारत ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ।

यसअघि शनिबार भएको खेलमा श्रीलङ्कालाई चार विकेटले हराउँदै इङ्ग्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको