October 20, 2026, Tuesday
KN hd tv

‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउन संरचना भत्काउदै काठमाडौं महानगर

काठमाडौं – काठमाडौं महानगरले बानेश्वर कम्प्लेक्सको ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउन संरचना भत्काएको छ ।
काठमाडौं नगर प्रहरीले अण्डर ग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको व्यापारिक भवनमा पार्किङ खुलाउन मेशिन प्रयोग गरेर संरचना भत्काएको हो ।

अण्डर ग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन आग्रह गर्दै ३५ दिने सूचना जारी गरे पनि नमानेपछि संरचना भत्काएको हो ।

पटक-पटक अण्डर ग्राउण्ड पार्किङमा पसल सञ्चालन नगर्न आग्रह गर्दा पनि नमानेपछि पार्किङमा बनेका संरचना भत्काउन थालिएको महानगरले जनाएको छ । अण्डर ग्राउण्डमा खोलिएका पसल हटाउन मेयर बालेन्द्र साह बिहान प्रहरीसहित बानेश्वर क्षेत्रमा आफैं पुगेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको