भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपा र राप्रपाको संसद् बैठक बहिष्कार निरन्तर
काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन्।
बैठक सुरु भएसँगै दुवै दलका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाकी सांसद बिन्दवासिनी कंशाकारलाई बोल्ने समय दिएका थिए। उनीहरूले आ–आफ्ना धारणा राखेपछि दुवै दलका सांसदहरू बैठकबाट बाहिरिए।
यी दुई दलले संसद्मा अवरोध गर्न थालेको आज ५८ औं दिन हो। उनीहरूले छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान दोहोर्याउँदै आएका छन्।
#विकास निर्माण
लेखकको सम्वन्धमा