October 20, 2026, Tuesday
KN hd tv

काठमाडौं महानगरले खरिद गर्‍यो थप ३ वटा दमकल

काठमाडौं– काठमाडौं महानगरपालिकाले थप ३ वटा अग्नि नियन्त्रक यन्त्र (दमकल) खरिद गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ३ वटा दमकल आइपुगेको जानकारी दिएका छन्। 

मेयर शाहका अनुसार यसअघिका मेयर विद्यासुन्दर शाक्यको पालामा सुरु भएको खरिद पक्रियाअनुसार ३ वटा दमकल आइपुगेका हुन्। 
 
‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ। सोहीअनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्,’ मेयर शाहले भने। 

दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको मेयर शाहको भनाइ छ। 

शीर्ष समाचार

धेरै पढिएको