October 20, 2026, Tuesday
KN hd tv

उपमहानगरले किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने मेयर साम्पाङको घोषणा

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू नचढ्नका लागि किनिएको स्कार्पियो गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोका खाल्डा टाल्न रोलर मेशिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

शीर्ष समाचार

धेरै पढिएको