October 20, 2026, Tuesday
KN hd tv

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। 

बिहीबार तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ पुगेको छ। 

यसअघि बुधबार भने छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो। 

बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। तोलामा २० रुपैयाँले बढेर बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ पुगेको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ थियो। 

शीर्ष समाचार

धेरै पढिएको