October 20, 2026, Tuesday
KN hd tv

एक हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपैयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८७२ र चाँदी प्रतिऔंस २२ दशमलव ८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको