April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
KN hd tv

जेलेन्स्की भन्छन – पूर्वी युक्रेनमा रुसी फौजले आक्रमण शुरु गरेको छ

काठमाडौं– रुसले पूर्वी युक्रेनमा विशाल स्तरको सैनिक आक्रमण थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा अपेक्षित ठूलो स्तरको सैनिक आक्रमण थालेको जनाएका हुन् ।

बीबीसीका अनुसार उनले ‘डोनबासका लागि युद्ध’ चलिरहेको बताएका हुन् । नियमित भिडियो सन्देशमा उनले रुसले पूर्वी युक्रेनमा आक्रमणका लागि ठूलो स्तरमा सैनिक तैनाथ गरेको समेत बताए ।

यद्यपि युक्रेनको रक्षाका लागि आफूहरु तयार रहेको उनको भनाइ छ । ‘जतिसुकै रुसी सैनिक तैनाथ भएपनि हामी लड्नेछौँ । हामी हाम्रो रक्षा गर्नेछौँ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यता पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले भने ‘नियमित’ लडाइँका कारण आफ्नो क्षेत्रको अवस्था ‘नर्क’ भएको टिप्पणी गरेका छन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध सैनिक आक्रमण थालेको थियो । यद्यपि तेज युक्रेनी प्रतिरोधका कारण राजधानी कब्जा गर्न नसकेपछि हाल रुसी फौजले आफ्नो ध्यान पूर्वी युक्रेन तर्फ केन्द्रित गरेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको