October 19, 2026, Monday
KN hd tv

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सवार रहेको बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गए राती पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको