April 26, 2024, Friday
२०८१ बैशाख १५, शनिबार
KN hd tv

अभिनेता पल शाहको आज थुनछेक बहस

नवलपरासी –  एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको थुनछेक बहस आज (बुधबार) हुँदैछ । जिल्ला अदालत नवलपुरमा आज शाहविरुद्धको मुद्दामा थुनछेक बहस हुन लागेको हो ।

त्यसका लागि मंगलबारै शाहलाई तनहुँ हिरासतबाट नवलपुर लगिएको थियो । शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । मंगलबार नवलपुरका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको थियो ।

आज नवलपुरमा सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्ने तयारी गरेका छन् । हिजो अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा शाहविरुद्ध नवलपुरमा चैत ३ गते जबरजस्ती करणी मुद्दा दायर भएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुर र तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको